Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • एसीसी प्रिमियर कप

    मलेसियाविरुद्ध नेपालले गुमायो दोस्रो विकेट

    मलेसियाविरुद्ध नेपालले गुमायो दोस्रो विकेट

    अनलाइन नेपाल
  • मंगलबार, ५ बैशाख २०८०
  • 765
    SHARES

    काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपमा नेपालले दोस्रो विकेट गुमाएको छ।

    मलेसियाविरुद्धको खेलमा ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका हुन्।



    भुर्तेलले ३१ बलमा चार चौका र दुई छक्काको मद्दतमा ३८ रन बनाए। मलेसियाका लागि रिजवान हेडरले दोस्रो विकेट लिएका हुन्।



    यसअघि नेपालले पहिलो ओभरमै अर्का ओपनर आसिफ शेखलाई गुमाएको थियो।

    आशिफ ३ बलमा १ रन बनाउँदै पेबेलियन फर्किएका थिए। जवाफी ब्याटिङ गरेको नेपालले जितका लागि २३६ रनको लक्ष्य पाएको छ। अहिले क्रिजमा भीम सार्की र कप्तान रोहितकुमार पौडेल छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार