हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार काठमाडौं–तराई मधेश द्रूतमार्ग (फाष्टट्रयाक) को बकैया–५ स्थित क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।
मंगलबार बिहान निजगढ पुगेर प्रधानमन्त्री प्रचण्डले अनुगमन र निरीक्षण गर्दै फास्ट ट्र्याक निर्माणको अवस्थाबारे जानकारी लिएका हुन् ।
अनुगमनका लागि प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात प्रकाश ज्वाला, प्रधानसेनापति प्रभुराम शर्मालगायत पुगेका छन् ।
तराई मधेससँगै काठमाडौंलाई जोड्ने ७६ किलोमिटर दुरीको राष्ट्रिय गौरव तथा रणनीतिक महत्त्वपूर्ण मार्गको नेपाली सेनाले निर्माण गरिरहेको छ।
Leave a Reply