Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गृहमन्त्री श्रेष्ठविरूद्ध मिटरब्याज पीडितको प्रदर्शन, मागे राजीनामा

    गृहमन्त्री श्रेष्ठविरूद्ध मिटरब्याज पीडितको प्रदर्शन, मागे राजीनामा

    अनलाइन नेपाल
  • मंगलबार, ५ बैशाख २०८०
  • 924
    SHARES

    काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडितहरुले राज्यबाटै आफूहरूको आन्दोलन भड्काउने, उत्तेजित पार्ने काम गरेको आरोप लगाएका छन् ।

    मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले मंगलबार विज्ञप्ति जारी गर्दै आफूहरूको आन्दोलनभित्र छिरेर प्रहरीले भड्काउने काम गरेको बताएका हुन् ।



    सरकार नै आफूहरूको आन्दोलन दबाउन उद्यत रहेको भन्दै मिटरब्याज पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरे ।



    आफूहरुको माग सम्बोधन गर्नुको साटो प्रहरी प्रशासन लगाएर दमन गरेको भन्दै गृहमन्त्री श्रेष्ठको राजीनामाको माग समेत गरेका छन् ।

    आन्दोलनभित्र छिरेर प्रहरीले ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीमाथि कुटपिट गरेको, महिलामाथि पुरुष प्रहरीले आक्रमण तथा दुर्व्यवहार गरेको मिटरब्याज पीडितहरुको आरोप छ ।

    किसान मजदुर विरोधी गृहमन्त्री राजीनामा दे, प्रहरीको दमन बन्द गर, महिलामाथिको दुर्व्यवहार बन्द गर, आफ्ना माग पुरा गर लगायतका नारा लगाएका थिए ।

    सोमबार शान्ति वाटिकाबाट सिंहदरबारसम्म आफूहरूको शान्तिपूर्ण जुलुस जाने कार्यक्रम रहेकोमा बिहानैदेखि प्रहरीले शान्तिवाटिका क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिँदै पीडितहरुलाई आवतजावतमै निषेध र धरपकड गरिएको पीडितहरुको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार