हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाराको निजगढमा रहेको फास्ट्रयाक अनुगमन गर्न मकवानपुर प्रस्थान छन् ।
काठमाडौं–तराई मधेश द्रूतमार्ग (फाष्टट्रयाक) को बकैया–५ स्थित क्षेत्रको स्थलगत अवलोकनका लागि उनी मंगलबार बिहान ११ बजे हेलिकप्टरमार्फत् त्यसतर्फ गएका हुन् ।
अवलोकनमा द्रूतमार्ग आयोजना प्रमुख तथा प्राविधिकसमेत सहभागी हुने बताईएको छ ।
नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं -तराई-मधेश द्रूतमार्ग निर्माण गरिरहेको छ।
प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौँ फर्कने कार्यतालिका छ ।
Leave a Reply