काठमाडौं । काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न महासंघको कार्यसमितिबीचको निर्वाचनबाट कोषाध्यक्षमा केसी निर्वाचित भएका हुन् ।
महासंघको निर्वाचित नयाँ कार्यसमितिबाट कोषाध्यक्ष छनोट गर्नुपर्नेमा केसी र उद्योगी प्रवलजंग पाण्डेले उम्मेदवारी दिएका थिए ।
६७ जना मतदाताले मत हालेकामा केसीको पक्षमा ३८ र पाण्डेको पक्षमा २९ मत खसेको महासंघ निर्वाचन समितिले जनाएको छ।
केसीलाई अध्यक्ष चन्द्रप्रसाद ढकाल र पाण्डेलाई वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको समर्थन थियो ।
Leave a Reply