Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपाले पठायो विभिन्न संसदीय समितिमा सांसद, लेखामा लिङ्देन र पाण्डे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न संसदीय समितिमा सांसदहरूलाई पठाउने निर्णय गरेको छ । सार्वजनिक लेखा समितिमा अध्यक्ष राजेन्द्र लिङ्देन र विक्रम पाण्डेलाई पठाउने राप्रपाले निर्णय गरेको हो ।

लेखा समितिलाई सरकारी कोषको प्रभावकारी र मितव्ययितापूर्वक खर्च भए नभएको जाँच गर्ने जिम्मेवारी हुन्छ । राप्रपाले अर्थ समितिमा ज्ञानबहादुर शाही र दिपक सिंहलाई पठाएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पशुपतिशमशेर जबरा र धवलशमशेर जवरालाई पठाएको छ ।  यसैगरी कृषि समितिमा अनिशा नेपाली, महिला समितिमा रोशन कार्की, राज्यव्यवस्था समितिमा बुद्धिमान तामाङ, पूर्वाधार विकास समितिमा दीपक बोहोरा र विना लामा तथा शिक्षा समितिमा विना जैशवाललाई पठाइएको छ ।

यस्तै उद्योग तथा वाणिज्य समितिमा गिता बस्नेत, कानुन समितिमा ध्रुवबहादुर प्रधानलाई पठाउने राप्रपाले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077