Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोल्यान्ड र हङ्गेरीले लगाए युक्रेनबाट आयात हुने खाद्यान्नमा प्रतिबन्ध

एजेन्सी । पोल्यान्ड र हङ्गेरीले युक्रेनबाट हुने खाद्यान्न आयातमा प्रतिबन्ध लगाएका छन् ।

युक्रेनी अन्न सस्तोमै बेचिन थालेपछि आफ्नो स्थानीय कृषि उत्पादनको रक्षा गर्न भन्दै दुई देशले खाद्यान्न आयातमा प्रतिबन्धको घोषणा गरेका हुन् ।

रुसको आक्रमणले ब्ल्याक सी का केही बन्दरगाह बन्द भएपछि ठूलो मात्रामा युक्रेनी अन्न युरोपेली बजारमा बिक्री भइरहेको छ ।

युक्रेनको अन्न युरोपेली सङ्घ (ईयू) मा सबैभन्दा सस्तो छ । युक्रेनी अन्नले बजार पाउँदा आफ्नो देशमा उत्पादन घटेको पोल्यान्ड र हङ्गेरीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077