बाजुरा । बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
आज दिउँसो ४ बजेर १ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको जुगाडा आसपास केन्द्रविन्दु रहेको थियो ।
पश्चिम नेपालमा बेला बेला भूकम्पको धक्का महशुस गरिँदै आएको छ ।