काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा (टिआरसी) को विषयमा छलफल गर्न सत्ता गठबन्धन दलका शीर्ष नेताहरूबीच बैठक सुरु भएको छ ।
शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको छ ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तथा जनता समाजवादी पार्टीका नेताहरू सहभागी छन् ।
सोमबार बिहान पनि शेरबहादुर देउवा, केपी ओली र प्रधानमन्त्री प्रचण्डबीच टीआरसी विधेयकलगायतमा छलफल भएको थियो ।
Leave a Reply