धनगढी । भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले धनगढी आइपुगेका छन्।
सुदूरपश्चिम प्रदेशमा सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आइतबार धनगढी आइपुगेका हुन्।
चौथाइवालेलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा स्वागत गरे।
चौथाइवालेले सोमबार मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्ने र सोमबार काठमाडौं पुगेर उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ।
Leave a Reply