काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रोल्पा सिमेन्ट उद्योग प्रालिको विद्युत कटौती गरेको छ ।
महसुल नतिरेपछि रोल्पाको त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित उक्त उद्योगमा विद्युत कटौती गरेको हो ।
पटक–पटक ताकेता गर्दासमेत कम्पनीले महसुल भुक्तानी नगरेपछि विद्युत काटिएको प्राधिकरणले जनाएको छ ।
सिमेन्ट उद्यागेले २०७० साल यता महशुल नबुझाएको रोल्पा वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणका अनुसार उद्योगले विद्युत महसुलवापत ८ करोड ४४ लाख छ सय ९७ वक्यौता बुझाउन बाँकी छ ।
Leave a Reply