एजेन्सी । सुडानका महत्त्वपूर्ण ठाउँमा कब्जा गरेको अर्धसैनिक बलले दाबी गरेको छ ।
अर्धसैनिक बलले राष्ट्रपतिको कार्यालय, खार्तुम विमानस्थल, सरकारी टेलिभिजन र अन्य महत्त्वपूर्ण ठाउँ आफूले कब्जामा लिएको दाबी गरेको हो ।
सुडानमा सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स आरएसएफबीचको सङ्घर्ष थप चर्किएको छ । दुवै पक्षले हिजो राजधानी खार्तुम सहरका मुख्य सडक बन्द गरेका थिए ।
दुई पक्षको लडाइँमा परेर अहिलेसम्म ५० जनाभन्दा धेरैको ज्यान गएको छ । एक हजारभन्दा धेरै जना घाइते भएका छन् ।
Leave a Reply