Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् काठमाडौं महानगरभित्र पूर्वाधार निर्माण गर्दा ध्यान दिनुपर्ने ७ नियम

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र पूर्वाधार निर्माण तथा मर्मत गर्दा व्यवस्थित र सुरक्षित तवरले गर्न आग्रह गरेको छ । पूर्वाधार निर्माण र मर्मत कार्य सञ्चालन गर्दा अपनाउनुपर्ने विषयमा महानगरपालिकाले ७ बुँदे नियम लागू गरेको हो ।

“सडकपेटी क्षेत्रमा निर्माण सामग्री खसाली सडक अवरोध वा सडकपेटीमा धूलो पोहोर राख्न वा छोड्न पाइने छैन,” महानगरले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “कुनै पनि सार्वजनिक निकायले सडक पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा त्यस्तो क्षेत्रमा निर्माणस्थल संकेतसहित छेकबार लगाउनुपर्नेछ ।”

सार्वजनिक निकायले महानगर क्षेत्रभित्र सञ्चालन गर्ने पूर्वाधार निर्माण मर्मत कार्य सकेसमम रातिको ८ बजेपछि मात्र गर्न/गराउन प्रबन्ध मिलाउन आग्रह गरेको छ ।

नियमको उल्लंघन गर्ने माथि ५ देखि ५० हजारसम्म जरिवाना हुने महानगरले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077