काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनाल र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ’प्रकान्ड’ बीच भेटवार्ता भएको छ ।
उनीहरुबीच आइतबार खनाल निवास डल्लुमा भेट भएको हो ।
भेटवार्ताका क्रममा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको बताइएको छ ।