Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • परराष्ट्रमन्त्री साउदले भने – प्रधानमन्त्रीको भारत भ्रमणबारे तयारी थाल्छु

    परराष्ट्रमन्त्री साउदले भने – प्रधानमन्त्रीको भारत भ्रमणबारे तयारी थाल्छु

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 966
    SHARES

    काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले नेपालले सबै छिमेकीहरूसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने बताएका छन्।

    आइतबार शपथलगत्तै सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदबहाली गरेका परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन् ।



    परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने बताए ।



    परराष्ट्रमन्त्री साउदले भने, ‘हामी छलफल अगाडि बढाउछौं । भर्खरै म कार्यालय आएको छु, त्यसमा संलग्न कर्मचारीसँग ब्रिफिङ लिएर अगाडि बढाउछु।’

    प्रधानमन्त्री प्रचण्डले वैशाखभित्र भारत भ्रमणको तयारी गरिरहेका छन् । परराष्ट्रमन्त्री साउदले मन्त्रालयका अधिकारीसँग छलफल गरेर भ्रमणबारे तयारी थाल्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार