Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीबाट नन्दा चपाईं भौतिक राज्यमन्त्री बन्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नन्दा चपाईंलाई भौतिक राज्यमन्त्रीमा पठाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा राष्ट्रिय सभा सदस्य रहेकी चपाईंको पनि शपथ हुन लागेको एकीकृत समाजवादीले जनाएको छ ।

पार्टीका प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा जिम्मेवारी पाइसकेका छन् ।

आजै परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता एनपी साउदलाई नियुक्त हुँदैछन् ।

पछिल्लो पटक गत फागुन १७ गते सातौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री प्रचण्डले आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077