Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई ठाकुर गैरेले सोधे – व्यवस्था कसले उल्ट्याउन खोज्यो ?

    प्रधानमन्त्री प्रचण्डलाई ठाकुर गैरेले सोधे – व्यवस्था कसले उल्ट्याउन खोज्यो ?

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 645
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता ठाकुर गैरेले व्यवस्थामाथि भएका सबै चुनौती सामना गर्न संसद तयार रहेको बताएका छन् ।

    आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै एमाले सांसद गैरेले यस्तो बताएका हुन् ।



    सांसद गैरेले यो व्यवस्था कसले उल्ट्याउन खोजेको हो भनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गरे।



    सांसद गैरेले सोधे, ‘नयाँ वर्षको दिन पार्टी कार्यालयमा यो व्यवस्था संकटमा प¥यो, यो उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको हो ?’

    नयाँ वर्षको दिन माओवादी केन्द्रको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यो व्यवस्था संकटमा परेको र अहिलेको व्यवस्था उल्ट्याउन खोजिएको अभिव्यक्ति दिएका थिए ।

    संसद चलिरहेका बेला प्रधानमन्त्रीले यस्ता विषय संसदमा जानकारी गराउनुपर्ने सांसद गैरेले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार