Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सिक्किमबाट पाँचथर घुम्न आएका गुरुङको लडेर मृत्यु

    सिक्किमबाट पाँचथर घुम्न आएका गुरुङको लडेर मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 738
    SHARES

    फाइल तस्विर

    पाँचथर । भारतको सिक्किमबाट नेपाल घुम्न आएका ३४ वर्षीय केशव गुरुङको भीरबाट लडेर मृत्यु भएको छ ।

    वैशाख १ गते पाँच जना साथीहरुसँग चिवाभञ्ज्याङ हुँदै पाँचथर घुम्न आएका गुरुङको लडेर मृत्यु भएको हो ।



    पैदलमार्ग भएर च्याङथापु बजार आउने क्रममा वैशाख २ गते साँझ ८ बजे मेवाखोला नजिकै भीरबाट लड्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।



    गुरुङ भीरबाट लडेपछि उनका साथीहरु बाटोमै सुतेको र आइतबार बिहान स्थानीयले भेटेर सोध्दा साथी हराएको बताएपछि खोजतलास गर्ने क्रममा गुरुङलाई खोलाको दहमा डुबेर मृत अवस्थामा भेटिएका थिए ।

    उनीहरु नयाँ वर्ष मनाउने क्रममा सिक्किमबाट सीमावर्ती चिवाभञ्ज्याङ आएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार