Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलायत भ्रमणमा जाँदै राष्ट्रपति पौडेल, राजाको राज्याभिषेकमा सहभागी हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो विदेश भ्रमण बेलायतबाट गर्ने भएका छन् ।

राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाने भएका हुन् ।

आगामी मे ६ मा बेलायती राजा चार्ल्सको राज्याभिषेक हुँदैछ । शीतलनिवास स्रोतका अनुसार सो राज्याभिषेकमा सहभागी हुन जाने कार्यक्रम तय भएको छ ।

उनी मे ४ वा ५ मध्ये कुन दिन प्रस्थान गर्ने भन्ने टुंगो लागिसकेको छैन । गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि चार्ल्स तृतीयले राजसिंहासन सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077