Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देशको आर्थिक मात्रै होइन राजनीति पनि सही छैन : शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक बिस्तारै अराजकतातर्फ अगाडि बढिरहेको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा विराटनगरमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले देशका आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको उल्लेख गरे । ‘म अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ भन्न चाहन्न,’ उनले थपे, ‘देशको आर्थिक मात्रै होइन राजनैतिक, धार्मिक र सांस्कृतिकलगायत कुनै पनि क्षेत्र सही तरिकाले हिँड्न सकेको छैन ।’

नेपाल आर्थिक रूपमा श्रीलङ्का र पाकिस्तान नहुने नेता कोइरालाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077