Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • सुडानमा सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ

    सुडानमा सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 1K
    SHARES

    एजेन्सी । सुडानको सेना र एउटा अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ चलिरहेको छ ।

    अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आर.एस.एफ) ले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएको दावी गरेको छ ।



    सुडानी सेनाले भने त्यसलाई अस्वीकार गर्दै आफ्नो सेनाले लडाइँ गरिरहेको जनाएको छ । खार्तुम सहित सुडानका अन्य ठाउँमा रहेका धेरै सैनिक शिविरमा र्‍यापिड सपोर्ट फोर्सका लडाकुहरूले आक्रमण गरेका छन् ।



    भीषण भिडन्तबाट आफूलाई जोगाउन मानिसहरू संघर्ष गरिरहेका छन् । पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् ।

    धेरै मानिसले विद्यालयमा आश्रय लिइरहेका बताइएको छ । सुडानमा नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार