Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • गाउँपालिका अध्यक्षको घरमा प्रेसर कुकर बम, सेनाद्धारा डिस्पोज

    गाउँपालिका अध्यक्षको घरमा प्रेसर कुकर बम, सेनाद्धारा डिस्पोज

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 753
    SHARES

    रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडि प्रेसर कुकर बम फेला परेको छ ।

    सियारी गाउँपालिका वडा नम्बर ४ स्थित अध्यक्ष थानेश्वर घिमिरेको घरमा शनिबार बिहान प्रेसर कुकर बम फेला परेको हो ।



    नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका अध्यक्ष घिमिरेको घर पछाडि सिमेन्टको बोराभित्र राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।



    बम राखेको ठाउँमा मधेश पिपुल्स पार्टीको नाममा पर्चाहरु भेटिएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार