Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • मन्त्रिमण्डललाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी

    मन्त्रिमण्डललाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 843
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार गर्ने तयारी थालेका छन् ।

    मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा छलफल गर्न आज बसेका सत्तारुढ तीन दलको बैठक बिनानिष्कर्ष टुङ्गिएको हो ।



    मन्त्रालय बाँडफाँटबारे छलफल गर्न नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच कुरा मिल्न नसक्दा बैठक बिना निष्कर्ष टुंगिएको थियो ।



    छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा थिए भने एकीकृत समाजवादीबाट महासचिव घनश्याम भुसाल र किसान श्रेष्ठ थिए ।

    मन्त्रालय भागबन्डामा सत्तारूढ तीन दलका शीर्षसहितका नेताहरूको छलफल सहमति हुन नसकेको हो । यस विषयमा छलफल गर्न आज बेलुका फेरि बैठक बसेर टुंगो लगाइने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार