Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • चीनसँग तनाव बढेपछि भियतनाम पुगे अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन

    चीनसँग तनाव बढेपछि भियतनाम पुगे अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 705
    SHARES

    एजेन्सी । ताइवानलाई लिएर चीनसँग तनाव बढेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन हनोईसँग कूटनीतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले शुक्रबार भियतनाम पुगेका छन्।

    जापानमा जी(सेभेन (जी–७) का विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिने क्रममा हिनोई हुँदै जापान जान लागेका ब्लिन्केनले शनिबार भियतनामका शीर्ष नेतासँग भेटवार्ता गरी भियतनामसँग सम्भावित कूटनीतिक उन्नयनका लागि मार्ग प्रशस्त गर्नेछन्।



    दुई देशबीच घनिष्ठ व्यापारिक सम्बन्ध छ भने दुवै देशले यस क्षेत्रमा चीनको बढ्दो शक्तिप्रति चिन्ता व्यक्त गरेका छन्।



    अमेरिकी राष्ट्रपति जो बाइडन र भियतनामको सत्तारूढ कम्युनिस्ट पार्टीका प्रमुख गुयेन फु ट्रोङबीच गत महिना भएको फोनवार्तामा सम्बन्धलाई ‘रणनीतिक’ साझेदारीमा रूपान्तरण गर्ने लक्ष्य अमेरिकाका उच्च कूटनीतिज्ञको अपेक्षा रहेको छ।

    विश्लेषकहरूका अनुसार हनोई दक्षिण चीन सागरमा प्रतिद्वन्द्वीको दाबीका बावजुद उत्तरमा आफ्नो छिमेकी र अर्को प्रमुख आर्थिक साझेदार बेइजिङलाई निराश पार्न बढी अनिच्छुक र सतर्क हुन सक्नेछ।

    अमेरिकाको बोस्टन कलेजमा अन्तर्राष्ट्रिय सुरक्षा विद्यावारिधि (पिएचडी) गरेका खाङ वुले एएफपीसँग भने, ‘दक्षिण चीन सागरमा चीनलाई सन्तुलनमा राख्न भियतनामको आवश्यकता छ भन्ने अमेरिकाले बुझेको छ। तर भियतनामका लागि चीनसँग राम्रो सम्बन्ध राख्नु राम्रो हो। भियतनामी सरकारले उनीहरूले चीनसँग सैन्य लडाइँ जित्न सक्ने कुनै उपाय छैन भन्ने भियतनामले बुझेको छ।’

    यसै साताको सुरुमा चीनले ताइवानका राष्ट्रपति साई इङ(वेनले संयुक्त राज्य अमेरिकामा सांसदहरूसँग गरेको भेटपछि आफ्नो पछिल्लो शक्ति प्रदर्शनमा ताइवान वरपर सैन्य अभ्यास सम्पन्न गरेको थियो।

    त्यसको एक दिनपछि ब्लिन्केन र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले वासिङ्टनमा फिलिपिन्सका आफ्ना समकक्षीसँग दुर्लभ संयुक्त वार्ता गरेका थिए।

    पूर्वी एसियाका लागि उच्च अमेरिकी कूटनीतिज्ञ तथा हनोईका लागि पूर्व राजदूत डेनियल क्रिटेनब्रिङ्कले हालै वासिङ्टन र हनोईबीच ‘इन्डो(प्यासिफिकमा लगभग पूर्ण तवरले तालमेल भएको’ बताएका थिए।

    विदेशमन्त्रीका रूपमा ब्लिन्केनको यो पहिलो भियतनाम भ्रमण हुनेछ। उपराष्ट्रपति कमला ह्यारिसले यसअघि नै भियतनामको भ्रमण गरिसकेकी छन्। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार