Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रूसले गर्‍यो युक्रेनको स्लोभ्यान्स्कमा आक्रमण : ८ जनाको मृत्यु, २१ घाइते

एजेन्सी । रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा आक्रमण गरेको छ । घटनामा दुई वर्षीय बालकसहित ८ जनाको मृत्यु भएको छ ।

सोही आक्रमणमा अन्य २१ जना घाइते भएका हुन् । आक्रमणमा अझै धेरै सर्वाधारण बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । ठूला भवनका भग्नावशेषमा अझै केही मानिस फसेको हुन सक्ने बताइएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गरेका छन् । रुसी सेनाले ५ वटा घर, अपार्टमेन्ट र विद्यालयलार्ई लक्षित गरेर विस्फोट गराएको त्यहाँका अधिकारीहरुले बताए ।

रुसले युक्रेनको स्लेभ्यान्स्लाई नियन्त्रणमा लिने प्रयास जारी राखेको छ । सोही क्रममा रुसका धेरै सैनिकको मृत्यु भएको युक्रेनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077