कैलाली । आज सुदूरपश्चिम प्रदेशमा मौलिक सांस्कृतिक पर्व बिसु मनाइँदै छ । सुदूरपश्चिमेलीले नयाँ वर्षलाई बिसु पर्वका रुपमा हर्षोल्सासका साथ मनाउँछन्।
सुदूरपश्चिममा बिसु पर्व हरेक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिनगरी दुई दिनसम्म मनाउने प्रचलन छ।
बिसु पर्व मनाउनका लागि देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरु घर फर्किने गर्छन् ।
वर्षको अन्तिम दिन घरका सबै सदस्य एकठाउँमा जम्मा भएर ‘वर्ष समीक्षा’ गर्ने तथा मिठो मसिनो खाने गर्छन्।
Leave a Reply