Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेनलाई शेखर कोइरालाको जवाफ - सिंहदरबार क्षेत्रको फोहोर नउठाउनु अराजकता हो

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलाई जवाफ फर्काएका छन् ।

सामाजिक संञ्जालम फेसबुकमा लेख्दै नेता कोइरालाले सिंहदरबार क्षेत्रको फोहोर नउठाउनु अराजकता भएको बताएका हुन् ।

महानगरलाई सहयोग नगरेको भन्दै असन्तुष्ट रहेका मेयर बालेनले सिंहदरबार र राजधानी अर्कै पालिकामा सार्न चुनौती दिएका थिए ।

मेयर बालेनले आफूलाई सिंहदरबारले असहयोग गरेको भन्दै सिंहदरबार क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएपछि एक सातायता फोहोर उठेको छैन । नेता कोइरालाले मेयर बालेनको त्यस्तो कदमलाई अराजकताको संज्ञा दिए ।

कोइरालाले सामाजिक संञ्जालमा लेखेका छन्, 'कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो,जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैैपर्छ।अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो।दुबै सच्चिनु पर्छ।'

कोइरालाले जिम्मेवार निकायको यस्तो व्यवहारको सबैले विरोध गर्नुपर्ने बताए । उनले महानगरले विभिन्न प्रश्न उठाएर फोहोर नउठाउने सर्त राख्दा सिंहदरबारले पनि उसैगरी धम्कीको भाषा प्रयोग गर्नु गलत हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077