Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज र फ्रेन्ड्स तथा पुलिस र थ्री स्टार भिड्दै

    ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज र फ्रेन्ड्स तथा पुलिस र थ्री स्टार भिड्दै

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 813
    SHARES

    काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल लिगको आठौं चरण अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन् ।

    लिग अन्तर्गत बिहीबार हुने अन्तिम दुई खेलहरुमध्ये एक खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक खेल हुनेछ ।



    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र फ्रेन्ड्सबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ ।



    चर्च ब्वाइज ७ खेलबाट १३ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा रहेको छ भने फ्रेन्ड्स क्लब ७ खेलबाट ४ अंक बटुलेर फ्रेन्ड्स क्लब अंक तालिकाको पुछारमा छ।

    यस्तै एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

    पुलिस ४ अंक जोडेर १३ औं स्थानमा छ। त्यस्तै, थ्री स्टार ११ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार