Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ब्याजदर घट्ने भएपछि शेयर बजारमा भारी उत्साह, सबै कम्पनीको शेयर उकालो लाग्यो

काठमाडौं । ब्याजदर घटाउने बैंकर्स सङ्घको निर्णयसँगै शेयर बजार आज (बुधवार) उच्च अंकले बढेर हरियाली छाएको छ ।

बुधबार कारोबार सुरु भएदेखि नै उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९२.२२ अंकले बढेर  १९६३.५५ बिन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा जलविद्युत्, होटल, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।

त्यस्तै, बजारमा कारोबार रकममा पनि सुधार देखिएको छ । बजारमा एक अर्ब ९७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन डेढ महिनायताकै उच्च कारोबार हो ।

गत फागुन १५ गतेको बजारमा एक अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको मात्रै ११ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077