काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सिंहदरबार वरपर मात्र बस्न खोज्ने कर्मचारी बढेको गुनासो गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कर्मचारी दुर्गममा जान नचाहेर सुगममा मात्र बस्न चाहने विकृति रहेको बताएका हुन् ।
उनले भने, ‘५३ हजार कर्मचारी संघमा छन् । दुर्गम ठाउँमा कोही जान चाहँदैन । सबै उपत्यका र काठमाडौं वरिपरि र सुगम मात्र जान चाहन्छ । यस्तो विकृति छ ।’
पठाएका कर्मचारीहरुले पनि हाजिरै गर्न नगएको उदाहरण पनि रहेको उल्लेख गर्दै उनले यस्ता समस्यालाई समाधान गर्न आफू कटिबद्ध भएको बताए ।
Leave a Reply