Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्भरमा समस्या आउँदा ड्राइभिङ लाइसेन्स सम्बन्धी सेवा अवरुद्ध

काठमाडौं । यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रभावित भएको छ ।

विभागले सञ्चालन गरिरहेको सवारी चालक अनुमतिपत्र सम्बन्धी डेटाबेस सर्भरमा समस्या आउँदा सेवा अवरुद्ध भएको हो ।

विभागले सूचना जारी गर्दै केन्द्रीय सर्भर (जीआईडीसी) मा आएको समस्याका कारण स्मार्ट कार्ड वितरणबाहेक सेवाहरू स्थगन गरिएको र समाधान नहुँदासम्म सेवा प्रभावित हुने जनाएको छ ।

कार्यालयले सन् २०२२ को जुन–जुलाईमा ‘ट्रायल पास’ सवारीचालक अनुमतिपत्र वितरण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077