Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वैशाख १० गते हुने उपनिर्वाचनमा ६ संस्थाले पर्यवेक्षण गर्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि विभिन्न ६ वटा संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिएको छ ।

निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थाहरूमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्व न्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल रहेका छन् ।

उक्त संस्थाहरुलाई निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को दफा ८ उपदफा २ बमोजिम जाँचबुझ गर्दा ६ वटा संस्थाहरुले आवश्यक प्रक्रिया पूरा गरेको पाइएकोले सोही निर्देशिकाको दफा १० को उपदफा १ बमोजिम पर्यवेक्षण गर्न अनुमति दिने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगकाअनुसार आयोगमा ७ वटा निवेदन आएपछि एउटाको हकमा प्रक्रिया पुरा नगरेकाले अनुमति दिइएको छैन । आगामी वैशाख १० गते आइतबार बारा २, तनहुँ १ र चितवन २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077