काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव भेटवार्ता भएको छ ।
उनीहरूबीच आज बिहान सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो ।
भेटमा दुई देशबीचको आपसी समझदारी र सहकार्यको विषयमा छलफल भएको गृहमन्त्रालय सचिवालयले जनाएको छ ।
यस्तै भारतीय राजदूतले उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाईश्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको कामना समेत गरेको बताइएको छ ।
Leave a Reply