Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कांग्रेससँगको वार्ता आजदेखि समाप्त भयो : गोविन्दराज जोशी

    कांग्रेससँगको वार्ता आजदेखि समाप्त भयो : गोविन्दराज जोशी

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 783
    SHARES

    काठमाडौं । नेपाली कांग्रेका पूर्व-सहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेस नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न मात्र भएको बताएका छन् ।

    बुधबार एक विज्ञप्ति जारी गर्दै जोशीले नेपाली कांग्रेससँगको वार्ता आजदेखि समाप्त भएको घोषणा गरेका हुन् ।



    गोविन्दराज जोशी समेतको कारबाही फिर्ता भयो भनेर झुटो प्रचार गरिएको भन्दै जोशीले आजदेखि वार्ता समाप्त भएको बताए ।



    जोशीले भने, ‘नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ । आजदेखि नेपाली कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ।’

    तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । कांग्रेस छाडेर स्वणिर्म वाग्ले रास्वपाबाट उम्मेदवार बनेका छन् ।

    चैत १९ मा कांग्रेसले गरेको निर्णयलाई पनि जालझेलपूर्ण र आफूहरूलाई अपमान गर्ने खालको दस्ताबेज रहेको ठहर गरेको वक्तव्यमा उल्लेख गरे । जोशीले तनहुँका मतदाताहरू कसलाई मतदान गर्ने भन्ने विषयमा आफ्नो मताधिकार प्रयोग गर्न सक्षम रहेको बताए ।

    आफू लगायतको कारबाही फिर्ता भएको भनी कांग्रेसले झुटो प्रचार गरेको उनले बताए । उक्त वक्तव्यले कांग्रेस तनहुँको समस्या समाधान भन्दा थप बल्झाएको उनले बताए ।

    कांग्रेसले चैत १९ गते केन्द्रीय कार्यसम्पादन समितिबाट जोशी लगायतका नेता कार्यकतामाथिको कारबाही फुकुवाको निर्णय गरेको थियो । जोशीले सत्य, न्याय र सामाजिक समृद्धिका लागि आफूहरूको लडाइँ नसकिएको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार