Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • दिगम्बर रायलाई २ वर्ष ८ महिना कैद सजाय

    दिगम्बर रायलाई २ वर्ष ८ महिना कैद सजाय

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 798
    SHARES

    काठमाडौं । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष दिगम्बर रायसहित पाँच जनालाई भ्रष्टाचारी ठहर गर्दै कैद सजाय सुनाइएको छ ।

    विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलासहितको इजलासले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद सजाय सुनाएको हो । तत्कालीन अध्यक्ष रायलाई दुई वर्ष ८ महिना कैद हुने फैसला भएको छ।



    दोषी ठहर भएका पाँचै जनालाई ६२ लाख ८८ हजार रुपैयाँभन्दा बढी बिगो कायम भएकामा यसको दामासाहीले प्रतिव्यक्ति हुन आउने रकम बिगो र त्यति नै रकम जरिमाना भराउने फैसला गरेको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।



    यसअघि उनीहरूमाथि जनही १२ लाख ५७ हजार ७ सय १३ रुपैयाँ बिगोबमोजिम जरिमानासहित कुल ६२ लाख ८८ हजार ५६९ रुपैयाँ जरिमाना कायम गरेको थियो । यस्तै, विशेषले प्रतिवादी सूर्यदेव साहलाई दुई वर्ष सात महिना कैद सजाय हुने फैसला गरेको छ ।

    उनी तत्कालीन कार्यकारी निर्देशक हुन् । विशेषका अनुसार परिषद्की नायब सुब्बा उषा मिश्र, लेखापाल उत्तमराज शर्मा ढकाल र तत्कालीन कार्यकारी निर्देशक राजेश्वर साहलाई भने जनही २ वर्ष ६ महिना कैद हुने फैसला भएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार