Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेयर बजारमा हरियाली, ९४ करोड ५२ लाखको कारोबार

काठमाडौं । मंगलबारको शेयरबजारमा नेप्से परिसूचक २७.३१ अंकले बढेसँगै बजारमा हरियाली छाएको हो ।

सोमबारको तुलनामा परिसूचक १.४८ प्रतिशतले बढेर १८७१.३३ बिन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा उत्पादन, बीमा, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से दोहोरो अंकले बढे पनि कारोबार रकम भने १ अर्ब पनि पुगेको छैन।

आज ९४ करोड ५२ लाख ४९ हजार रुपैयाँ बराबरको ३३ लाख १५ हजार कित्ता  शेयर कारोबार भएको छ ।

बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077