Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • जनताको जीवन फेर्नु नै सरकारको प्राथमिकता हो : गृहमन्त्री श्रेष्ठ

    जनताको जीवन फेर्नु नै सरकारको प्राथमिकता हो : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 687
    SHARES

    भैरहवा । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्नु नै सरकारको मुख्य प्राथमिकता भएको बताएका छन् ।

    मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले सामाजिक, आर्थिक रूपान्तरणसँगै विकास र समृद्धि हासिल गरेर जनताको जीवन परिवर्तनका लागि सरकार केन्द्रित रहेको दाबी गरे।



    गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनका माध्यमबाटै जनताको जीवन फेर्नु, समृद्धिमा गुणात्मक फड्को मार्दै लक्ष्य हासिल गर्नु सरकारको अहिलेको मुख्य प्राथमिकता भएको र यही उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गरिरहेको बताए।

    त्यस्तै, गृहमन्त्री श्रेष्ठले नागरिकतासम्बन्धी विधेयकलाई छिट्टै अगाडि बढाइने बताएका छन्। देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न नसकिने भन्दै गृहमन्त्री श्रेष्ठले संविधान अनुसार नागरिकता पाउने गरी बनाइएको विधेयक अगाडि बढाइने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार