Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • महानगरसँग सेटिङ गर्दै भ्रष्टाचार, ४० हजारमा पाइने सीसीटीभी १ लाखमा खरिद

    महानगरसँग सेटिङ गर्दै भ्रष्टाचार, ४० हजारमा पाइने सीसीटीभी १ लाखमा खरिद

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 7.8K
    SHARES

    ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरी स्थानीय तहमा हुने अनियमितताका पर्ने गरेका छन् । स्थानीय तहमा वडा सदस्यदेखि वडाध्यक्षसम्मको ध्यान कसरी हुन्छ कमाउधन्दामा जाने गरेको छ ।

    प्रसंग संघीय राजधानी रहेको काठमाडौं उपत्यकाकै ललितपुर महानगरपालिकाको हो । ललितपुर महानगरपालिका वडा १८ मा खरिदमा भएको अनियमितताको चित्रले सबै वडाको बारेमा महानगर प्रमुख चिरीबाबु महर्जनले चनाखो हुनुपर्ने भएको छ ।



    ललितपुर महानगरपालिका वडा १८ का उमेरले ६३ वर्ष लागेका वडा अध्यक्ष दामोदर खड्काले कनिष्ट सदस्य गोपाल डंगोलसँग सेटिङ मिलाएर ठेक्का गर्ने गरेको खुलेको छ । यस्को पछिल्लो उदाहरण उक्त वडाको मगरगाउँ र भञ्ज्याङमा सीसीटीभी जडानमा भएको घोटालाले पुष्टि गरेको छ ।



    वडाका सबै सदस्यको बैठकको निर्णयबाट खरिद गर्नुपर्ने नियमलाई लत्याउँदै महानगरसँग सेटिङ गरी उतैबाट सिफारिस गरेर आफूनिकट ठेकेदारलाई काम दिने गरेको पाइएको छ । अघिल्लो कार्यकालयको वडा सदस्य भैसकेका कनिष्ट सदस्य डंगोलले करिब् ४० हजार पनि नपर्ने सिसिटिभी क्यामराको १ लाख रुपैयाँमा खरिद गरेर जडान गरिएको छ ।

    वडा सदस्य रुक्मिणी महर्जन, निरज कुँवर र दलित महिला सदस्य राधिका रोक्काले असहमति जनाउँदा जनाउँदै वडाध्यक्ष खड्काको निर्देशनमा वडा सदस्य डंगोलले महानगरबाट सिफारिस लिएर जडान गरेको खुलेको छ ।

    वडाध्यक्ष खड्काले आफू हुँदाहुँदै पनि अधिकांश समय डंगोललाई कार्यवाहक दिने र सेटिङ गर्ने गरेको खुलेको छ । वडा हरियाली कार्यक्रमको बिरुवा खरिद गर्दा पनि लाखाैं रुपैयाँ भ्रष्टाचार गरेको आरोप वडाध्यक्ष खड्का र सदस्य डंगोलमाथि लागेको छ ।

    सडकबत्ति जडान गर्दा पनि लाखौ रुपैयाँ भ्रष्टाचार गरेको खुलेको छ । डंगोलले करिब ३ हजार ६ सय पर्ने सडकबत्तिको ७ हजार ५ सयको बिल बनाएर फर्छ्यौट गरेको पाइएको छ । सामान्य आर्थिक अवस्था भएका डंगोलमाथि पछिल्लो एक वर्षको अवधिमा सामग्री खरिद गरेवापत लाखौं रुपैयाँ कमाएको आरोप छ ।

    अरु वडा सदस्यलाई गुमराहमा राखेर पदबहाली गरकै दिन नियमविपरीत खड्कालाई बा भन्ने अघिल्लो वडा सदस्य रेश्मा थापालाई सल्लाहकारमा नियुक्ति गरी उनकै आदेशमा लाखौं रुपैयाँको योजना दिइरहेका खड्कालाई सबैले बुढा अध्यक्षले वडा खत्तम गर्न लागे भन्ने आरोप लगाउन थालेका छन् ।

    पछिल्लो उदाहरण सल्लाहकार रेश्मा थापा र डंगोलको मिलोमतोमा बर्षे बाली खरिदसँग जोडिएको छ । आफ्नो मान्छेसँग समान खरिद गर्ने सम्झौता गरेपछि विभिन्न व्यक्तिसँग टेण्डर माग्ने अनि आफ्नै मान्छेसँग सम्झौता गरेको पाइएको छ । हेर्दा सरल देखिए पनि वडासदस्य डंगोलको निर्णयलाई आँखा चिम्लेर स्वीकार गर्ने वडा अध्यक्ष खड्काले दर्जनौ योजना सेटिङमा महानगरबाट काम गर्ने गरेको पाइएको छ ।

    डंगोलले आफु निकटलाई मात्र उपभोक्ता समितिमा राख्ने र ठेकेदारसँग कमिसन माग्ने गरेपछि अधिकांश उपभोक्ता समितिले डंगोलविरुद्ध उजुरी दिनुपर्ने भन्दै विभिन्न तहमा कुरा पुर्याएका छन् । ‘उहाँले हरेक काममा कमिसन माग्ने गर्नुभएको छ’–एक उपभोक्ता समितिका सदस्यले भने–’थोरै बजेटको काममा कसरी कमिसन दिने ? हामी त अचम्मित भएका छौ ।’

    वर्षौदेखि सिएलसिको रकम खड्काले रेश्मा थापाबाट मात्र खर्च गर्न लगाउने गरेका छन् । सिजि हिल्स, मेडिसिटी अस्पताल, चितचवन कोईले सरकारी जग्गा र खोला अतिक्रमण गरेको बिषयमा चुइँक बोल्न नसकेका वडाध्यक्ष खड्काले डंगोलको इशारामा तीनै पक्षसँग सेटिङ गरेको आरोप लागेको छ ।

    पदभार ग्रहण गरेको एक वर्ष बित्न लाग्दासमेत वडाका समिति बनाउन नसकेका खड्काले चुनावको खर्चसमेत प्रचार समितिलाई बुझाउन सकेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार