काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ।
नेपालको स्वास्थ्य क्षेत्रमा भइरहेको अनुसन्धानलाई एकै ठाउँमा ल्याइ स्पष्ट नीति र योजना बनाउन सघाउ पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नेतृत्वमा भएको सम्मेलनमा नेपालको स्वास्थ्य क्षेत्रमा आबद्ध विभिन्न विधाका विज्ञहरू सहभागी छन्।
‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने नाराका साथ आयोजित सम्मेलनमा एक सय २१ वटा पोस्टर प्रस्तुतीकरण हुनेछ। त्यस्तै दुई सामूहिक सत्र र १० समानान्तर सत्र सञ्चालन हुने बताईएको छ ।
Leave a Reply