Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ब्याजदर बढ्दा लगानीको वातावरण बिग्रियो : अर्थमन्त्री महत

    ब्याजदर बढ्दा लगानीको वातावरण बिग्रियो : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 561
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकको ब्याजदर बढ्दा लगानीको वातावरण बिग्रेको बताएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री महतले सरकारले सकरात्मक मनोबल बढ्ने गरी कदम चालेको बताए ।



    अर्थमन्त्री महतले भने, ‘बजारमा समस्या देखिन्छ, सटर लागेका छन् । सबै क्षेत्र मन्दीको अवस्थामा छ । तर अब राष्ट्र बैंकको पोलेसी सिफ्ट गर्नुपर्छ । निक्षेप र कर्जाको ब्याजदर परिवर्तनका लागि हामी आन्तरिक छलफलमा छौं ।’

    अर्थमन्त्री महतले साधरण खर्चमा धेरै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षासँग जोडिए पनि घटाउनु पर्ने क्षेत्रमा खर्च घटाउने प्रतिवद्धता जनाउँदै अनावश्यक साधरण खर्च निर्ममताका साथ घटाउने बताए।

    अर्थमन्त्री महतले लगानीको वातावरण सहज गराउने र ढिलासुस्ती गर्ने प्रवृत्ति हटाउन आवश्यक रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार