Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जीप दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

पर्वत । पर्वतको महाशिला गाउँपालिकामा जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् ।

दुर्घटनामा परी महाशिला-४ धनुवासका ३७ वर्षीय चालक ख्यामबहादुर विकको मृत्यु भएको हो ।

सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग२च ६९० नम्बरको जीप महाशिला-५ काहुलेमा गए राति दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

पहिचान नखुलेका दुर्घटनामा घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077