Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – अर्थतन्त्रका सूचकहरुमा सकारात्मक संकेत देखिएका छन्

    प्रधानमन्त्री प्रचण्डले भने – अर्थतन्त्रका सूचकहरुमा सकारात्मक संकेत देखिएका छन्

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 786
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेदेखि नै अर्थतन्त्र सुधारका लागि ध्यान दिएको बताएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले सरकारको सम्पूर्ण तागत अब अर्थतन्त्रलाई गति दिनमा केन्द्रित रहने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी अहिले बजेट तथा नीति निर्माण प्रक्रियाको अन्तिम चरणमा छौं, प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि निजी क्षेत्रका धेरै सुझाव संकलन गरिएको छ। अब सम्पूर्ण तागत अर्थतन्त्रलाई गति दिनेमा नै हुनेछ ।’

    विगतका तीन महिनामा अर्थतन्त्रका केही सूचकहरुमा सुधार आएको प्रधानमन्त्री प्रचण्डले बताए । अर्थतन्त्र संकटमै जाने हो कि भन्ने शंका विगतमा देखिएपनि अहिले सुधारतर्फ जाँदै गरेको प्रचण्डले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार