Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वस्वीकार्य बनाउने तीन दलबीच सहमति

    संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वस्वीकार्य बनाउने तीन दलबीच सहमति

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 381
    SHARES

    काठमाडौं । बिहान बसेको प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको बैठक सकिएको छ।

    मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सरकार र प्रतिपक्षका शीर्ष नेताहरूबीच छलफल भएको हो ।



    बैठकले सत्य निरूपण तथा मेलमिलाप (टिआरसी) लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति गरेको छ।



    सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत तीन दलका संसदीय दलमा रहेका नेताहरूबीच छलफलमा उक्त सहमति भएको हो।

    बैठकमा विधेयकमा राख्ने विषय र अघि बढाउने प्रक्रियामा फेरि छलफल हुनेछ । अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार