Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सुत्केरी र शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव, राजमार्ग अबरुद्ध

    सुत्केरी र शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव, राजमार्ग अबरुद्ध

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 1K
    SHARES

    कैलाली । कैलालीको मालाखेती अस्पतालमा सुत्केरी महिला र नवजात शिशुको मृत्यु भएपछि अहिलेसम्म तनाब कायमै छ ।

    आइतबार बिहान सुत्केरी व्यथा लागेपछि अस्पताल पुगेकी गोदावरी नगरपालिका वडा नम्बर २ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराई र नवजात शिशुको मृत्यु भएको हो ।



    अस्पतालको लापरबाहीका कारण सुत्केरी र शिशुको मृत्यु भएको भन्दै स्थानीयले दिनभर प्रदर्शन गरेका हुन् । मृतकका आफन्त र स्थानीयले महेन्द्र राजमार्ग अबरुद्ध गरेर प्रदशर्न गरेका छन् ।



    उनीहरुले अस्पतालको लापरबाहीले आमा र शिशुको मृत्यु भएको भन्दै चिकित्सक र घटनामा संलग्न स्वास्थ्यकर्मीलाई कारबाहीको माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार