Online Nepal
  • बुधबार, १० पुष २०८१
  • उत्तरी सीमानाकाहरु खोल्न सरकारलाई सांसद बडूको ध्यानाकर्षण

    उत्तरी सीमानाकाहरु खोल्न सरकारलाई सांसद बडूको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 480
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बडूले नेपालका उत्तरी सीमानामा रहेका दार्चुलाको तिंकर, ताप्लेजुङको ओलाङचुङ्गोला लगायतका नाकाहरू खोल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।



    विगत चार वर्षदेखि नाका बन्द हुँदा त्यस भेगको जनजीवन समेत प्रभावित भएको भन्दै उनले नाका खोल्न कूटनीतिक पहल गर्न सरकारसँग माग गरे ।



    नाका खुलेमा देशको अर्थतन्त्र निर्माणमा योगदान पुग्ने भन्दै नाका खोलाउने विषयलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार