काठमाडौं । नेपाल व्यवसायी राष्ट्रिय महासंघले बैँक तथा वित्तीय संस्थाले लिँदै आएको चर्को ब्याजदर घटाउन अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष माग गरेका छन्।
सोमबार महासंघलेको टोलीले अर्थमन्त्री महतलाई भेटेर कोरोनाले थलिएका उद्योगी व्यवसायी चर्को ब्याजको कारणले व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्थाआएको भन्दै ब्याजदर घटाउन माग गरेका हुन्।
भेटमा महासंघका अध्यक्ष कुमार कार्कीले सातआठ प्रतिशतमा लिएको कर्जा ब्याजदर हाल १५-१६ प्रतिशतसम्म पुगेको र व्यवसायी थप मर्कामा परेको भन्दै ब्याजदर घटाउन मागसहित १५ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
अर्थमन्त्री महतले देशको अर्थतन्त्र जोगाउन र उद्योगी व्यवसायीको पीडा समाधान गर्न गम्भिर रहेको भन्दै माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
Leave a Reply