काठमाडौं । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ’ भन्दै टिप्पणी गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे बोल्दै सांसद पोखरेलले यस्तो बताएका हुन् ।
सांसद पोखरेलले भने, ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ । अरु मालदार मन्त्रीहरुको कति होला ?’
सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्नका लागि सभापति रवि लामिछाने नजिकको मान्छेले २ करोड माग गरेको भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।
Leave a Reply