काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार विभाग प्रमुखहरुलाई कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन निर्देशन दिएका छन् ।
सोमवार काठमाडौंमा भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री डा महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री डा महतले भने, ‘आयात निर्यातमा संलग्न व्यवसायीलाई अनावश्यक दुःख दिने भनेको होइन, जायज कुराहरू के हुन् तपाईंहरूलाई नै थाहा छ, तर कार्यान्वयन भइरहेको छैन ।’
त्यस्तै, अर्थमन्त्री डा.महतले प्रत्येक भन्सार नाकामा पछिल्लो समय हुने आयात निर्यातको प्रगति प्रतिवेदन मन्त्रालयलाई बुझाउन माग गरेका छन् ।
अर्थमन्त्री डा.महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारदेखि देशभरका भन्सार नाकामा राजश्वमा गिरावट आएको भन्दै राजश्व गिरावट आउनुको कारण दिन विभागलाई निर्देशन दिए ।
कुन भन्सार नाकाबाट कस्ता प्रकृतिका वस्तु आयात-निर्यात भइरहेको छ त्यसको तथ्यांक पनि अर्थमन्त्रीले मागेका छन् ।
Leave a Reply