काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले व्यवसायीलाइ परेको समस्या सम्बोधन गर्न नेपाल राष्ट्रिय व्यवसायी महासङ्घसँग छलफल भइरहेको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ७२ औँ साधारण सभामा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले ऋण नतिर्ने अभियान राज्यले सहन नसक्ने र ऋण तिर्दिन भन्ने अभियान गलत रहेको बताए।
उनले भने, ‘ऋण लिने र तिर्दिन भन्दै अभियान चलाउन पाइँदैन, बैंकबाट ऋण लिएपछि तिर्नै पर्छ ।’
व्यवसायमा आएको मन्दीका कारण समस्या आएको भए राहत दिने र केहि सहुलियत दिन सकिने उनको भनाई छ । तर ऋण नै नतिर्ने भन्ने विषय गलत छ ।
Leave a Reply