Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

युवा संघको महाधिवेशन उद्घाटन गर्न एमाले अध्यक्ष ओली नेपालगन्जमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगन्ज पुगेका छन्।

पार्टी निकट युवाहरूको संगठन राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन उद्घाटन ओलीसहित एमाले शीर्ष नेताहरू नेपालगन्ज पुगेका हुन्।

ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, भानुभक्त ढकाललगायतका नेताहरूलाई विमानस्थलमा एमालेका पोलिटब्युरो सदस्य एव राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेत, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेललगायतले स्वागत गरेका छन्।

युवा संघको महाधिवेशन आजदेखि २९ गतेसम्म चल्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077